काठमाडौं । अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता उपलब्ध गराउनु पर्ने माग राख्दै न्यापालिकामा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । २०७५ साउनदेखि अतिरिक्त समय काम गरेको भत्ता नपाएको भन्दै देशभरका अदालतकान कर्मचारीहरु आन्दोलित भएका हुन। न्यापालिकामा कार्यरत कर्मचारीहरुले २०६९ सालदेखि मासिक तलबको ५० प्रतिशतसम्म कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता पाउदै आएका थिए । तर उनीहरुको सो भत्ता गत साउनबाट कटौति भएको थियो । आन्दोलनको पहिलो दिन कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । उनीहरुको आन्दोलित भएपछि न्यापालिकाको काम प्रभावित भएको छ । यो समाचार नयाँपत्रिका दैनिकले पृष्ठ ३ मा प्रकासित गरेको छ ।