देउवा-कोइराला असमझदारी बढ्यो « Nagarik Khabar

देउवा-कोइराला असमझदारी बढ्यो



काठमाडौं । पार्टीका निर्वाचित कार्यसमितिलाई विधानविपरित विघटन गरिएको विषयलाई लिएर कांग्रेस सभापति शेरवहादुर देउवा र पार्टी महामन्त्री शशांक कोइरालाबीच असमझदारी बढेको समाचार आजको कान्तिपुरले पृष्ठ २ मा छापेको छ ।

सभापति देउवाको निर्देशनमा बेल्जियमस्थित पार्टीको जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति विघटन गरेर तदर्थ समिति बनाइएको भोलिपल्टै महामन्त्री कोइरालाले उक्त कार्य विधान विपरित रहेको भन्दै पार्टीको लेटरप्याडमा निर्वाचित कार्यसमितिलाई यथावत काम गर्न निर्देशन दिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समेतले सभापति देउवाको उक्त कार्य विधान विपरित रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: