यस्तो छ ‘बीर विक्रम २’ को ट्रेलर (भिडियो) « Nagarik Khabar

यस्तो छ ‘बीर विक्रम २’ को ट्रेलर (भिडियो)



काठमाडौं । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकारलाई समेटिएको छ । पल र नाजिर बर्षाको प्रेममा पागल रहेको ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ । भिलेनको भूमिकामा भने बुद्दी तामांग देखिएका छन् ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अपर्ण सापकोटा सह(निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: