काठमाडौं । आज दिउँसो देशका विभिन्न भागमा हल्का बर्षा हुने संभावना रहेको छ । मौसम पूर्वानुमान शाखाले देशका पहाडी तथा मध्य पहाडी भागमा हल्का बर्षा हुने संभावना रहेको जनाएको हो । ‘देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ’, मौसम पूर्वानुमान शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरण ।
बैशाख १३ गते (शुक्रबार)
दिउँसोः देशका पूर्वी क्षेत्रका भूभागहरुमा तथा मध्य र पश्चिमका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।
रातिदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भुभागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक र दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १४ गते (शनिबार)
दिउँसोः देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बांकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक र दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १५ गते (आइतबार)
दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भुभागमा आंशिक बदली र बांकि भुभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने छ ।