जनगायक जेबि टुहुरेको एकल प्रस्तुति « Nagarik Khabar

जनगायक जेबि टुहुरेको एकल प्रस्तुति



काठमाडौं। जनगायक जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जनगायक जेबि टुहुरेको निरन्तरता २०७६’ आयोजना भएको छ । उनकै नाममा स्थापित जेबि टुहुरे फाउण्डेशनले प्रभा भवन कमलादीमा शनिवार दिउसो सो कार्यक्रमको आयोजना भएको हो । प्रस्तुतिको क्रममा उनले १४ वटा गीत गाउनेछन् । 

वि.सं. २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो । उनी २०७० सालमा संविधान सभा निर्वाचनपछि संविधानसभा सदस्य समेत भएका थिए । उनको स्थायी घर सुनसरी हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: