कोलकातालाई ‘प्ले अफ’ मुस्किल « Nagarik Khabar

कोलकातालाई ‘प्ले अफ’ मुस्किल



कोलकाता । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार छैटौ पराजय बेहोरेको छ । बिहिबार भएको भएको खेलमा कोलकाता राजस्थान रोयल्ससँग तीन विकेटले पराजित हुन पुग्यो ।

यससँगै कोलकातालाई आईपीएलको प्ले अफ चरणमा पुग्न मुस्किल देखिएको छ । प्रतियोगितामा ११ खेल खेलेको कोलकाता मात्रै चार जितसहित आठ अंक जोडेर आठ टोली रहेको प्रतियोगितामा छैटौं स्थानमा पुगेको छ । प्रतियोगिताको सुरुवाती खेलमा जित हात पार्दै सुखद सुरुवात गरेको कोलकाताले पछिल्ला खेलमा लय गुमाएको छ ।

यसको ठीक विपरीत राजस्थानले भने पछिल्ला खेलमा जितको लय समातेको छ । चौथो जित हात पारेको राजस्थान सातौ स्थानमा छ । कोलकाताको मैदान इडेन गार्डेनमा कप्तान दिनेश कार्तिकले ५० बलमा अविजित ९७ रन प्रहार गर्दा टस हारी पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७५ रनको योगफल तय गरेको थियो ।

प्रत्युत्तरमा राजस्थानले १९.२ ओभरमा सात विकेट गुमाउँदै जित निश्चित गरेको हो । राजस्थानको जितमा रियान परागले ४७ तथा अजिन्क्या रहानेले ३४ तथा जोफ्रा आर्चरले अविजित २७ रनको योगदान दिए । परागले ३१ बलमा दुई छक्का र पाँच चौका, रहानेले २१ बलमा एक छक्का र पाँच चौका र आर्चरले १२ बलमा दुई छक्का र दुई चौका प्रहार गरेका थिए ।

मध्य क्रममा पराग र आर्चरले सशक्त ब्याटिङ प्रदर्शन गरेपछि कोलकाताका लागि कार्तिकको मेहनत खेर गएको थियो । कार्तिकले आफ्नो पालीमा नौं छक्का र सात चौका प्रहार गरेका थिए । कोलकाताका लागि उनीबाहेक अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । वलिङतर्फ राजस्थानका बरुन आरोनले दुई विकेट लिएका थिए । यस्तै कोलकाताका पियूस चावलाले तीन तथा सुनिल नराईनले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: