धादिङ, झापा र नवलपरासीमा गाडीको ठक्करबाट ३ को मृत्यु « Nagarik Khabar

धादिङ, झापा र नवलपरासीमा गाडीको ठक्करबाट ३ को मृत्यु



काठमाडौं । धादिङको धुनिबेशी नगरपालीका ६ मा विहिबार राती ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । अन्दाजी ४० बर्षीय पुरुषको मृत्यु भएको हो । काठमाडौंबाट चितवन तर्फ जादै गरेको लु२ख ४३० नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाइते भएका पुरुषको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल पठाइएको छ । सो दुर्घटनामा संलग्न ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको कन्काइ नगरपालिका १ दुर्गापुरमा विहिबार राती भएको जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको नागी गाउँपालिका ६ घर भएका ४० वर्षिय उमेश हिङमाङ रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा वि.एण्ड.सी अस्पताल विर्तामोडमा मृत्यु भएको हो । हिजो बेलुकी साढे ८ बजे, ६६—०१–०४१४ नम्बरको जिपले साइकलयात्रीलाई ठक्कर दिएको हो । ठक्कर दिने सवारी साधन सहित चालकलाइ इलाका प्रहरी कार्यालय अनारमणी झापाले नियन्त्रणमा लिएको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालीका ४ मा विहिबार राती मोटरसाईकल दुर्घटना हुँदा चालककोे मृत्यु भएको छ । १ जना घाईते भएका छन । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्वतको मासिला गाँउपालीका १ घर भई सुनवलमा होटल व्यबसायी गर्दै आएका २७ बर्षीय मदन बुढाथोकी रहेका छन् । उनका जेनस अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाईकलमा पछाडी सवार रुपन्देहीको देवदहका ४६ बर्षीय जगन प्रसाद थारुको सोही अस्पतालमा उपचार भैरहेको छ । गएराती १० बजे, लु३३प ३८ ७२ नम्बरको मोटरसाईकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: