सिरहामा एक युवकद्वारा मट्टितेल छर्किएर श्रीमतिको हत्या प्रयास ! « Nagarik Khabar

सिरहामा एक युवकद्वारा मट्टितेल छर्किएर श्रीमतिको हत्या प्रयास !



सिरहा । प्रदेश दुईको सिरहामा एक युवकले श्रीमती जलाएका छन् । एक हप्ताअघि धनुषामा एक व्यक्तिले मट्टितेल छर्केर श्रीमतीको हत्याप्रयास गरेका  थिए । बिहीबार फेरि त्यस्तै घटना भएको छ । सिरहाको सिरहा नगरपालिका ८ की २१ वर्षीय कञ्चनदेवी मण्डललाई पति बेचन मण्डलले मट्टितेल छर्किएर आगो लगाएका प्रहरीले जनाएको छ । कञ्चनदेवीको अवस्था गम्भीर छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार सम्भव नभएपछि कञ्चनदेवीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको शरीरको ८० प्रतिशत भाग जलेकाले अवस्था चिन्ता जनक रहेको चिकित्सकले बताएका छन् । पति बेचन मण्डल फरार छन् । प्रहरीले कञ्चनदेवीकी सासूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रदेश दुईका विभिन्न जिल्लामा पछिल्लो समय महिला हिंसाका घटना बढिनै रहेका छन् । एक हप्ता अघि धनुषाको शहिदनगरका मुकेश यादवले श्रीमती निर्मलालाई मट्टितेल छर्किएर आगो लगाएका थिए । उनको काठमाडौँमा उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: