सुटुक्क नेपाल आएर फर्किए सन्दीप « Nagarik Khabar

सुटुक्क नेपाल आएर फर्किए सन्दीप



काठमाडौं । दिल्लीको क्याम्प छाडेर नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सुटुक्क नेपाल आएर फर्किएका छन् । सन्दीप गत बुधबार नेपाल आई आज (शुक्रबार) दिल्ली फर्किएका हुन् ।

दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका सन्दीप पछिल्लो केही दिन आफ्नो टोलीको खेल नभएले परिवार भेट्न नेपाल आएका हुन् । सन्दीप परिवारलाई भेटी शुक्रबार नै दिल्ली फर्किएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

‘पछिल्लो केही दिन दिल्लीको खेल थिएन । त्यसैले ब्रेक पछि हुन्छ भनेर उनी नेपाल आएका हुन्’, व्यवस्थापक शिवाकोटीले भने, ‘उनी आजै दिल्ली फर्किएका छन् ।’ छोटो समय र पारिवारीक कारणले उनी आएको कसैलाई पनि जानकारी नगरीएको व्यवस्थापक शिवाकोटीले जनाए ।

दिल्लीले जारी आईपीएलमा पछिल्लो खेल गत सोमबार राजस्थान रोयल्ससँग जयपुरमा खेलको थियो । त्यस यता दिल्लीको आइतबार मात्रै खेल रहेको छ । त्यसैले यो खाली समयमा सन्दीप नेपाल आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: