सुटुक्क नेपाल आएका सन्दीप लामिछाने फर्किए « Nagarik Khabar

सुटुक्क नेपाल आएका सन्दीप लामिछाने फर्किए



काठमाडौँ । आइपिएल चलिरहेका बेला सुटुक्क नेपाल आएका सन्दीप लामिछाने आज शुक्रवार फर्किएका छन् । उनी बुधवार पारिवारिक कामका सिलसिलामा नेपाल आएका थिए । दिल्लीको क्याम्प छाडेर नेपाली युवा लेग स्पिनर लामिछाने सुटुक्क नेपाल आएर फर्किएका उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका सन्दीप पछिल्लो केही दिन आफ्नो टोलीको खेल नभएकाले परिवार भेट्न नेपाल आएका हुन् । सन्दीप परिवारलाई भेटी शुक्रवार नै दिल्ली फर्किएको उनका व्यवस्थापक सिवाकोटीले बताए । ‘पछिल्लो केही दिन दिल्लीको खेल थिएन । त्यसैले ब्रेक पछि हुन्छ भनेर उनी नेपाल आएका हुन्’, व्यवस्थापक सिवाकोटीले भने, ‘उनी आजै दिल्ली फर्किएका छन् ।’

छोटो समय र पारिवारिक कारणले उनी आएको कसैलाई पनि जानकारी नदिइएको व्यवस्थापक सिवाकोटीले जनाए । दिल्लीले जारी आइपिएलमा पछिल्लो खेल गत सोमबार राजस्थान रोयल्ससँग जयपुरमा खेलको थियो । त्यस यता दिल्लीको आइतबार मात्रै खेल रहेको छ । आइपिएलको अङ्क तालिकामा दिल्ली दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: