राष्ट्रपति भण्डारीलाई बेइजिङ्ग छाडेर जहाज काठमाडौंमा ! « Nagarik Khabar

राष्ट्रपति भण्डारीलाई बेइजिङ्ग छाडेर जहाज काठमाडौंमा !



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङ्ग पुर्याएर नेपाल एयरको जहाज काठमाडौं फर्किएको छ । राष्ट्रपतिको चीन भ्रमणका क्रममा विभिन्न स्थान हुँदै राजधानी बेइजिङ्ग पुगेपछि नेपाल एयरको जहाज काठमाडौं फर्किएको हो । काठमाडौंको मौसम खराब भएका कारण जहाज बिहान झण्डै दुइ घन्टा आकाशमै होल्ड भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

राष्ट्रपति भण्डारी ९ दिने राजकीय भ्रमणका क्रममा बुधवार उत्तरी छिमेकी देश चीन प्रस्थान गरेकी थिईन । बेल्ट एण्ड रोड इनिसिएटिभको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन उनी त्यस तर्फ गएकी हुन । सम्मेलनलाई उनले आजनै सम्बोधन गरेकी छन् ।
नेपाल एयरको जहाजमा गएकी भण्डारीलाई बेइजिङ्ग पुर्याएपछि जहाज फेरि अन्य क्षेत्रको उडानका लागि नेपाल ल्याइएको हो । बिहान खराब मौसमका कारण होल्ड भएका अन्तर्राष्ट्रिय उडानहरु अहिले नियमित भएको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: