बिल गेट्सलाई टक्कर दिने विश्वकै कान्छी धनी सुन्दरी « Nagarik Khabar

बिल गेट्सलाई टक्कर दिने विश्वकै कान्छी धनी सुन्दरी



बिश्वकै कान्छी मिलिनिएर केली जेनेरले २१ वर्षको उमेरमा ‘योन्गेस्ट बिलिनिएर’ अवार्ड प्राप्त गर्न सफल भएकी छिन् । फोब्र्स पत्रिका अनुसार केलिको ९ सय मिलियन डलर अर्थात नेपालि १ खर्ब १ सय २५ लाख सम्पति छ ।

काइलीले २१ वर्षमा आफ्नो कस्मेटिक कम्पनीमार्फत माइक्रोसफ्टका संस्थापक बिल गेट्सले ३१ वर्ष र फेसबुकका संस्थापक मार्क जुकर्वरले २३ बर्षमा राखेको ‘योंगेस्ट बिलिनेयर’ रेकर्डलाई विस्थापित गरेकी छिन् । केली अमेरिकाको सम्पन्न परिवारको सदस्य हुन । सानै उमेरमा बिजनेसको क्षेत्रमा सफल हुनुको कारण परिवारको साथ सहयोग र समर्थन महत्वपुर्ण रहेको उनले बताएकी छन । नयाँ पुस्ताले विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरेर व्यापारलाई प्रमोसन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण केलिले प्रस्तुत गर्न सफल भएकी छिन् ।

केलीले कस्मेटिक कम्पनीका अलवा केली जेनिर अफिसियल एप, द केली सपबाट पनि पैसा कमाइरहेकि छन् । उनले ‘टु एपारल लाइन्स विथ सिस्टर केन्डल जेनेर’ किताब श्रृखंला ‘किपिंग विथ द काडियसन टिभि शो चलाइरहेकि छन जसबाट पनि आम्दानि भैरहेको छ ।

को हुन केली ?

केली जेनेर सिएरा क्याननियन स्कूलमा भर्ना भएकि थिइन् । जहाँ उनी चिरलिडिं टीमको सदस्य थिइन् । जेनेरले स्कूलमा नाटकहरु प्रदर्शन हुदा सामुदायिक नाटकहरू प्रदर्शन गर्थिन् । सन् २०१२ मा उनी एक गृहशिक्षा कार्यक्रममा अन्तरगत होम स्कूलमा भर्ना भएकी थिइन् ।

उनले क्यालिफोर्निया, लालिला स्प्रिंग्स स्कूल ओरेई बाट जुलाई २०१५ मा हाई स्कूल डिप्लोमा पास गरिन । हाल र्यापर ट्रेविस स्कटसँग सम्बन्धमा रहेकि केलीले फ्रेबुअरी २०१९मा छोरी जन्माएकी छिन् । ओसियन्स ८ नामको फिल्म्मा नायिकाको भुमिका निर्वाह गरेकि केलीले सन् २०१३ को रियालिटि टिभि शोमा महिला तर्फ सर्वाधिक रुचाइएकि महिलाको आवार्ड प्राप्त गरेकि थिइन्। २१ वर्षको उमेर सम्म आइपुग्दा थुप्रै आवार्ड र सम्मान ग्रहण गर्न सफल केलीको इन्टाग्राम्ममा १३ करोड २० लाख फ्लोर छन् । सामाजिक संजाल फेसबुक र टुइटरमा समेत उनि निकै चर्चित छन । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: