प्रधानमन्त्री कार्यालयमा अन्तर प्रदेश बैठक शुरु « Nagarik Khabar

प्रधानमन्त्री कार्यालयमा अन्तर प्रदेश बैठक शुरु



काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अन्तरप्रदेश परिषदको तेु्रो बैठक शुरु भएको छ । दोस्रो बैठकले अनुमोदन गरेको अन्तरप्रदेश सहजीकरणसम्बन्धी प्रतिवेदनमाथि र बजेटका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।

संघीय संसदको बजेट अधिवेशन पूर्व सन्ध्यामा बसेको अन्तरप्रदेश बैठकमा प्रदेशमा जाने बजेटबारे पनि सहभागी प्रदेशका मूख्यमन्त्रीहरुले आफ्नो धारणा राख्ने बताइएको छ । यसअघि प्रदेशको समस्या समाधानका लागि सुझावसहित गृहमन्त्री रामबहादुर थापा नेतृत्वको कार्यदलले पेश गरेको अन्तरप्रदेश सहजीकरणसम्बन्धी प्रतिवेदन बारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: