करेन्ट लागेर बालिकाको मृत्यु « Nagarik Khabar

करेन्ट लागेर बालिकाको मृत्यु



कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणीमा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

शुक्रबार टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुँदा कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते भएका छन् । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: