नागरिकताबारे सर्वोच्च अदालत, एक साता नबित्दै उल्टियो आदेश « Nagarik Khabar

नागरिकताबारे सर्वोच्च अदालत, एक साता नबित्दै उल्टियो आदेश



काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण वितरण गर्न गृह मन्त्रालयले दिएको सर्कुलरमाथि यसअघिको आफ्नो आदेशलाई आफैंले काट्दै अर्को अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले एक साताअघि न्याधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलर अनुसार नागरिकता दिन नरोक्न आदेश दिएको थियो । तर, शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले परिपत्रका आधारमा नागरिकता वितरण गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै वंशजको नागरिकता दिन गरेको निर्देशनविरुद्ध दोस्रोपटक परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार रोक लगाउन अन्तरिम आदेश दिएको हो । 

यसअघि वैशाख ३ गते अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिट विनेदनमाथि दोस्रोपटक सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको इजलाशसले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

कार्की र श्रेष्ठको इजलाशसले नागरिकता दिन बाटो खोलिदिएपछि त्यसै दिन अधिवक्ता बोर्नबहादुर कार्कीले परिपत्र कार्यान्वन नगर्न अन्तरिम आदेशको माग गर्दै अर्को रिट दायर गरेका थिए ।

रिटमा माथि प्रारम्भिक सुनुवाई गर्दै मंगलबार प्रकाशमान सिंह राउतको एकल इजलाशले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गर्नुको कारण १५ दिनभित्र पेश भनेको थियो ।

राउतको इजलाशले २०५४ सालमा गैरकानुनी रुपमा वितरण गरिएको ३४ हजार भन्दा बढी नागरिकता सर्वोच्चले आदेश दिँदा पनि खारेज नगर्नुको कारण पनि सोधेको छ ।

गृहमन्त्रालयले संविधानको धारा ११ (३) जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको र नागरिकता नपाउँदा व्यक्तिको वृद्धिविकास रोकिएको भन्दै परिपत्र जारी गर्नुपरेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: