सकियो सेनाको आचारसंहिता सप्ताह « Nagarik Khabar

सकियो सेनाको आचारसंहिता सप्ताह



काठमाडौँ ः नेपाली सेनाले सैनिक सदाचारमा रही होसियारीपूर्वक जिम्मेवारी सम्हाल्न आफ्ना सकल दर्जालाई निर्देशन दिएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित आचारसंहिता सप्ताह समापन समारोहमा नेपाली सेनाका निमित्त बलाधिकृत रथी शरदकुमार गिरीले भन्नुभयो, ‘सैनिक सदाचारले हामीलाई स्थापित विधि र पद्धतिबाट समस्या समाधान खोज्न प्रेरित गर्ने छ । त्यसले हामीलाई आफ्नो मूल्य र मान्यतामा आधारित भएर कर्तव्य पालना गर्न पनि सहयोग गर्ने छ ।’

सेनाले हरेक वर्षको पहिलो महीनाको पहिलो साता उत्कृष्ट सैनिक अनुशासन र आचरणसंहितको सैनिक चरित्र विकास गरोस भन्ने उदेश्यले सप्ताह व्यापी आचारसंहिता सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सेनाले आफ्ना सकल दर्जालाई अनुशासित र सदाचारयुक्त तुल्याउन जङ्गी अड्डादेखि तल्लो तहसम्म आचारसंहितासम्बन्धी सप्ताह सञ्चालन गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: