नेकपाको जनवर्गीय सङ्गठनको नेतृत्व केही दिनमै टुङ्गो लाग्ने « Nagarik Khabar

नेकपाको जनवर्गीय सङ्गठनको नेतृत्व केही दिनमै टुङ्गो लाग्ने



काठमाडौँ । जनवर्गीय सङ्गठनको एकताका विषयमा प्रमुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक छलफलमा जुटेको छ । दुई अध्यक्ष लगातार अनौपचारिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुईदिनदेखि नियमित छलफलमा जुटेका छन् ।

नेकपाका दुई अध्यक्षबिच बिहीबार भएको छलफल वैशाख महिनाभित्र पार्टीका बाँकी संरचनाको एकीकरण सक्नेमा केन्द्रित भएको स्रोतको दाबी छ । भ्रातृ सङ्गठनको नेतृत्वको बाँडफाँट गर्ने र नेतृत्व समेत सार्वजनिक गर्ने गरी दुवै अध्यक्षले आन्तरिक छलफल तीव्र पारेका छन् । बिहीबार दुवै अध्यक्षबिच यही विषयमा बालुवाटारमा छलफल भएको थियो ।

नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकताका बाँकी काम केही दिनमै टुङ्गो लाग्ने बताए । उनले भने ‘पार्टी एकताका बाँकी काम अब केही दिनमै टुङ्गो लाग्छ । हप्ता दिन पनि नलाग्ने गरी तयारी गरिएको छ । त्यसपछि पार्टी सक्रियता पूर्वक जनतासँग जोडिएर समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनेछ ।’ 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: