गण्डकी प्रदेशमा ४७ थान हतियार बुझाइए « Nagarik Khabar

गण्डकी प्रदेशमा ४७ थान हतियार बुझाइए



पोखरा ः गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार प्रहरीलाई बुझाइएको छ । प्रदेशका ११ जिल्लामध्ये ६ जिल्लाबाट सो हतियार सङ्कलन भएका हुन् । प्रहरीको आह्वानमा सम्बन्धित व्यक्तिहरूले नै हतियार बुझाएका हुन् ।

हतियार बुझाउनेमा सवैभन्दा बढी लमजुङ जिल्लाका छन् । जमजुङबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक थान हतियार बुझाइएको गण्डकी प्रदेशका प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए । अन्य पाँच जिल्लाबाट हतियार बुझाउन कोही नआएको उनले जनाकारी दिएका छन् ।
प्रदेशअन्तर्गतका पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ र नवलपरासी (पूर्व) का कुनै नि जिल्लाबाट कसैले पनि हतियार नबुझाएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । गृह मन्त्रालयले २०७५ चैत १ गतेदेखि ३५ दिनभित्र इजाजत नलिएका र नवीकरण नगरिएका हतियार बुझाउन सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: