नेपाल अष्ट्रेलियासँग भारी अन्तरले पराजित « Nagarik Khabar

नेपाल अष्ट्रेलियासँग भारी अन्तरले पराजित



एएफसी यू–१९ वुमन्स एसिया कप छनोट
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) यू–१९ वुमन्स एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल अष्टे«लियासँग भारी अन्तरले पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल अष्टे«लियासँग ११–१ को अन्तरले पराजित भएको हो ।

पराजयसँगै नेपाललाई यसै वर्ष थाइल्यान्डमा हुने यू–१९ वुमन्स एसिया कपमा छनोट निश्चित गर्न केही मुस्किल देखिएको छ । छनोट प्रतियोगिताको समूह एमा रहेको नेपाललाई छनोट चरण पार गर्न बाँकि रहेको खेलमा जित आवश्यक भएको छ ।

प्रतियोगिताअन्तर्गत नेपालले अब बाँकी रहेको दुई खेलमा आयोजक म्यानमार र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । चार टोली सहभागी रहेको समूह एबाट शीर्ष स्थानमा रहने दुई टोली थाईल्यान्डमा हुने एएफसी यू–१९ वुमन्स एसिया कपका लागि छनोट हुने छन् ।

म्यानमारको मण्डले स्थित मण्डलारथीरी स्टेडीयममा भएको खेलमा नेपाली टोली निक्कै कमजोर देखिएको थियो । नेपाल भन्दा एक सय १९ स्थान माथि रहेको अष्टे«या मैदानको कुनै पनि क्षेत्रमा नेपाल भन्दा बलियो देखिएको थियो ।

नेपाली टोलीकी कप्तान सरु लिम्बूले अष्टे«लिया नेपाल भन्दा निक्कै बलियो ठूलो भएकाले पराजयको अन्तर पनि ठूलो भएको बताईन् । ‘अष्टे«लिया हामी भन्दा निक्कै बलियो टोली हो । फिफा बरियतामा पनि उनीहरू हामी भन्दा निक्कै माथि छन्’, कप्तान लिम्बूले भनिन्, ‘उनीहरू हामी भन्दा शारीरिक र टेक्हनिकल रुपमा पनि बलिया छन् । त्यसैले जितको अन्तर ठूलो भयो । आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै छनोट हुने प्रयास गर्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: