नेपाल अष्ट्रेलियासँग भारी अन्तरले पराजित « Nagarik Khabar

नेपाल अष्ट्रेलियासँग भारी अन्तरले पराजित



काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) यु–१९ वुमन्स एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग भारी अन्तरले पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ११–१ को अन्तरले पराजित भएको हो ।

पराजयसँगै नेपाललाई यसै वर्ष थाइल्यान्डमा हुने यु–१९ वुमन्स एसिया कपमा छनोट निश्चित गर्न केही मुस्किल देखिएको छ । छनोट प्रतियोगिताको समूह एमा रहेको नेपाललाई छनोट चरण पार गर्न बाँकि रहेको खेलमा जित आवश्यक भएको छ ।

प्रतियोगिताअन्तर्गत नेपालले अब बाँकी रहेको दुई खेलमा आयोजक म्यानमार र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । चार टोली सहभागी रहेको समूह एबाट शीर्ष स्थानमा रहने दुई टोली थाइल्यान्डमा हुने एएफसी यु–१९ वुमन्स एसिया कपका लागि छनोट हुने छन् ।

म्यानमारको मण्डले स्थित मण्डलारथीरी स्टेडियममा भएको खेलमा नेपाली टोली निक्कै कमजोर देखिएको थियो । नेपालभन्दा एक सय १९ स्थान माथि रहेको अष्ट्रेलिया मैदानको कुनै पनि क्षेत्रमा नेपालभन्दा बलियो देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: