निर्वाणा वेलनेस सेन्टरसँग राष्ट्रिय क्रिकेट टोलीको सहकार्य « Nagarik Khabar

निर्वाणा वेलनेस सेन्टरसँग राष्ट्रिय क्रिकेट टोलीको सहकार्य



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शारीरिक व्यायामका लागि निर्वाणा वेलनेस सेन्टरसँग सहकार्य गरेको छ । सहकार्य सम्बन्धि सम्झौता पत्रमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र निर्वाणा वेलनेस सेन्टरका सञ्चालक राजन शाहीले शुक्रबार हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै निर्वाणा वेलनेस सेन्टर आगामी दुई वर्षसम्म नेपाली राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक फिटनेश सेन्टर बनेको छ । साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले सो अवधिसम्म निर्वाणा वेलनेस सेन्टरमा निशुल्क शारीरिक अभ्यास गर्न पाउँने छन् ।

प्राथमिक उपचार सेवा समेत उपलब्ध रहेको निर्णावा वेलनेस सेन्टरमा एकै पटक ६० जनासम्मले शारीरिक अभ्यास गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: