राष्ट्र निर्माणका लागि युवा परिचालन आवश्यक : पूर्वप्रधानमन्त्री खनाल « Nagarik Khabar

राष्ट्र निर्माणका लागि युवा परिचालन आवश्यक : पूर्वप्रधानमन्त्री खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउनुपर्नेमा जोड दिएका छन् । नेता खनालले युवाहरुको परिचालनबाट उद्योगको विकास गरेर मात्रै विश्वमा देखिएको गरिबी र अभावको अन्त्य गर्न सकिने प्रष्टाए ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको ‘विश्व युवा उद्यमी शिखर सम्मेलन’ को उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले गरिबी, अभाव र युवा बेरोजगार अहिले पनि विश्वकै चुनौतीको रुपमा उल्लेख गर्दै सो समस्या समाधानका लागि युवाहरुलाई उद्यमी बनाउनुको विकल्प नरहेको बताए ।

उनले खनालले नेपालमा बेरोजगार युवा, महिला र पिछडिएका समुदायहरुलाई अघि बढाउने गरी संविधान बनाएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार लागिपरेको दावी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले गरिबी र निरक्षरताको अन्त्य गरेर समृद्धिको अभियानलाई सफल बनाउन युवाहरु उद्यमशील हुनुपर्नेमा जोड दिए । उनले सम्मेलनले युवाहरुलाई उद्यमी बनाएर राष्ट्रहरुलाई समृद्धितर्फ अग्रसर गराउन आवश्यक नीति तय गर्ने विश्वास पनि व्यक्त गरे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका युवा उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: