पति र सासुले जिउँदै जलाउँदा घाइते भएकी कञ्चनको निधन « Nagarik Khabar

पति र सासुले जिउँदै जलाउँदा घाइते भएकी कञ्चनको निधन



काठमाडौं । श्रीमान र सासुले जलाउँदा गम्भीर घाइते भएकी सिरहा नगरपालिका–८ की कञ्जन मण्डलको निधन भएको छ। शुक्रबार उपचारका लागि काठमाडौंको साँखुस्थित सुषमा मेमोरियाल अस्पताल ल्याइएको उनको उपचारको क्रममा निधन भएको हो ।

२१ वर्षीया कञ्चनलाई श्रीमान् बेचन मण्डल खत्वे र सासुले गत बिहीबार जिउँदै जलाएका हत्या प्रयास गरेका थिए । उनको शरीरका ५० प्रतिशत भाग जलेको थियो । घटना लगत्तै श्रीमान बेचन फरार भएका थिए। प्रहरीले कञ्चनकी सासुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

उनको अवस्था गम्भीर रहेको खरेलले यसअघि बताएका थिए। धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उनको उपचार हुन नसकेपछि उनलाई साँखु ल्याइएको थियो।

कञ्जनलाई जलिरहेको अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि सुषमा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: