राजपा महाधिवेशनको मिति तय, कात्तिकमा गर्ने निर्णय « Nagarik Khabar

राजपा महाधिवेशनको मिति तय, कात्तिकमा गर्ने निर्णय



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आगामी कात्तिक अन्तिम साता महाधिवेशनको नयाँ मिति तय गरेको छ । वैशाख ८ देखि चलेको पदाधिकारी समिति बैठकले कात्तिक २८, २९ र ३० एकता महाधिवेशन गर्ने निर्णय गरेको हो ।

२०७४ साल वैशाखमा मधेस केन्द्रित ६ वटा दल मिलेर राजपा घोषणा हुँदा एक वर्षभित्र एकता महाधिवेशन गर्ने भनिएको थियो । राजपाले यही वैशाखका लागि तोकेको मितिमा समेत अधिवेशन गर्न नसकेपछि नयाँ मिति तय गरिएको संयोजक शरतसिंह भण्डारीले जानकारी दिए ।

महाधिवेशन तयारीका लागि बैठकले केन्द्रीय कार्यसमितिका सबै सदस्य रहेन गरी महन्थ ठाकुरको नेतृत्वमा महाधिवेशन आयोजनक समिति गठन गर्ने निर्णय गरेको छ । संयोजक ठाकुरलाई महाधिवेनसम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकारी दिइएको प्रवक्ता केशव झाले बताए । यस्तै, बैठकले लक्ष्मणलाल कर्णको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान मस्यौदा समिति समेत गठन गरेको छ ।

मस्यौदा समितिमा सर्वेन्द्रनाथ शुक्ल, मानधोज ब्लोन तामाङ, मालामति राना थारु, राजकुमार थापा, केशव झा, रामलाल सुतिहार, हरेन्द्र यादव र अकवाल अहमद सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: