श्रीलंका विस्फोटका नाइके मारिएको राष्ट्रपति सिरिसेनाको दाबी « Nagarik Khabar

श्रीलंका विस्फोटका नाइके मारिएको राष्ट्रपति सिरिसेनाको दाबी



श्रीलङ्कामा भएको शृङ्खलावद्ध विस्फोटका नाइकेको आरोप लागेको आक्रमणमा मारिएको अधिकारीहरुले दाबी गरेका छन् ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा गराइएको विस्फोटमा कट्टरपन्थी उपदेशक जहरान हाशिम मारिएको दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको उल्लेख गरेको छ ।

राष्ट्रपति सिरिसेनाका अनुसार इल्हाम नाम गरेका अर्का आक्रमणकारीसँगै हाशिमले लोकप्रिय पर्यटक होटलमा आक्रमण गरेका थिए।

गत आइतबार कोलम्बोस्थित केही होटल तथा चर्चहरमा गराइएका विस्फोटमा कम्तीमा २५० जना मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: