काठमाडौँको इतिहास बुझाउने ‘शङ्खधर’ उपन्यास « Nagarik Khabar

काठमाडौँको इतिहास बुझाउने ‘शङ्खधर’ उपन्यास



काठमाडौँ । नेपाल संवत् आन्दोलनका नेता मल्ल के सुन्दरद्वारा लिखित उपन्यास ‘शङ्खधर’ (नेपालभाषाबाट नेपालीमा अनुदित) आज लोकार्पण भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ल्हासामा सुन भए नभएको केही थाहा नभए पनि उपन्यासमा उल्लिखित शङ्खधरको इतिहास वास्तविक रहेको विचार राख्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्थानीय सरकारले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने उदाहरण पुस्तक प्रकाशन भइसकेपछि थाहा भएको उल्लेख गर्नुभयो । “भाषा र इतिहासमा यो एउटा उन्नत पुस्तक हो”, उहाँले भन्नुभयो । प्रतिष्ठानले अङ्ग्रेजीमा समेत उपन्यास अनुवाद गर्ने उहाँले जानकारी दिनुभयो । प्रा डा अभि सुवेदीले इतिहासलाई उपन्यासमा ढाल्न सक्नु चुनौतीपूर्ण काम भएको बताउनुभयो । “काठमाडौँको इतिहास बुझ्न यो उपन्यास महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नेपाल संवत्का प्रवत्र्तक शङ्खधरका नाममा नगरपालिकाले भवन, उद्यान र ढुङ्गेधारा निर्माण गर्न लागेको जानकारी दिनुभयो ।। उक्त उपन्यास सामाजिक उपन्यास रहेको उहाँले जानकारी दिनुभयो । अनुवादक अगिव बनेपालीले उपन्यास अनुवादका क्रममा कतिपय नेवारी शब्द आफैंँलाई कठिन लागेको बताउनुभयो । “मैले यो उपन्यास एक महिनामै नै उल्था गरेंँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: