सरकारी लक्ष हासिल हुन सकेन « Nagarik Khabar

सरकारी लक्ष हासिल हुन सकेन



काठमाडौं । चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हासिल हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय लेखा सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशतमा सीमित हुने देखाएकोे हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षकोे बजेट घोषणा गर्दा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुने लक्ष्य राखेको बताएका थिए । तर प्रतिबद्धताअनुसार लक्ष्य हासिल हुन नसकेको विभागको प्रतिवेदनले औल्याएको छ । यो खबर आजको राजधानी दैनिकले पहिलो पृष्ठमा प्रकासित गरेको छ ।

चालू आवको अर्धवार्षिक समीक्षा गर्दा पनि अर्थमन्त्री डा. खतिवडाले मुलुकको आर्थिक वृद्धिदर ७ देखि ८ प्रतिशतको बीचमा रहने बताएका थिए । तर, सरकारले लिएको आर्थिक वृद्धिदरको सो लक्ष्य पूरा हुन नसक्ने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: