१६ महिनादेखि वेपत्ता रहेका लठ्ठुराम म्यानमारको जेलमा « Nagarik Khabar

१६ महिनादेखि वेपत्ता रहेका लठ्ठुराम म्यानमारको जेलमा



सिरहाको लक्ष्मीपुर पतारी १ प्रिपाका ४० बर्षी लठ्ठुराम मोची म्यानमारको जेलमा छन् । १६ महिना अघि घरबाट एकाएक बेपत्ता भएका उनी भारतको बाटो हुँदै म्यानमार पुगेका थिए अबैद्य रुपमा प्रवेश गरेको भन्दै मनमार प्रहरीले उनलाई जेलमा हालेको हो ।

भाउजु लीलादेवीले देवर लठ्ठुराम मानसिक रुपमा अलि कमजोर भएको बताइन । चार दाजुभाईमध्ये उनी माइला हुन । जेठा रामवृक्ष, साइला श्याम र कान्छा सुरज मोची छन् ।

मानसिक अवस्था कमजोर रहेका लठ्ठुरामा घरमा रहँदा दनिक ज्यालादारीमा कामा गर्थे । यो खबर आजको नयाँ पत्रिका दैनिकले पृष्ठ ३ मा प्रकासित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: