लिबियामा २० नेपालीको हारगुहार « Nagarik Khabar

लिबियामा २० नेपालीको हारगुहार



काठमाडौं । लिबियाको राजधानी त्रिपोली दिनप्रतिदिन युद्धमैदानमा परिणत भइरहेको छ।

त्यहीँ कार्यरत सैनामैना १०, रुपन्द्रेहीका गणेश थापालमागरसहित २० नेपाली केही सातादेखि हारगुहार गरिरहेका छन्। आजको कान्तिपुरको पृष्ठ २ मा योसमाचार छापिएको छ ।

‘हामी बसेको ठाउँबाट झन्डै २५ किमि टाढा दिनहुँ विद्रोही र सरकार पक्षबीच भिडन्त भइरहेको छ, ब नपड्केको दिनै हुन्न,’ त्रिपोलीबाट फोनमा थापामगरले भने, ‘भिडन्त बढ्दै हाम्रो ठाउँतिर आइपुग्छ कि भन्ने डर छ।’

उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन्। राइसमिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: