काठमाडौ । आज दिउसो काठमाडौ उपत्याका लगायत देशका विभन्न भागमा समान्य बद्ली भई केही स्थानमा पानी पर्ने संभावना रहेको छ । मौसम पूर्वानुमान शाखाले दिउँसो देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरण ।
बैशाख १४ गते (शनिबार)
दिउँसो देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बांकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भूभागका एकरदुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली र बांकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकरदुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १५ गते (आइतबार)
दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडि भूभागका एकदुई स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने छ ।
बैशाख १६ गते (सोमबार)
दिउँसो देशको पूर्वी भुभाग तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने छ ।