विप्लब समूहको पार्टीमा आफू नभएको भन्दै प्रशासनमा निवेदन « Nagarik Khabar

विप्लब समूहको पार्टीमा आफू नभएको भन्दै प्रशासनमा निवेदन



बझाङ । नेत्रविक्रम चन्द ‘विप्लब’ समूहमा आबद्ध व्यक्तिले सो समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लब समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिनुभयो ।

त्यस्तै दुर्गाथली गाउँपालिका–७ बस्ने २८ वर्षीय सन्तोष दौल्यालले आफू विप्लब समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धतापत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गर्नुभएको छ ।

प्रहरीमा निवेदन पेश गरेपछि उहाँहरुको नाम अभिलेखबाट हटाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो । प्रहरीले जिल्लाका उक्त समूहमा आबद्ध हुनेमाथि निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: