१५ जनाबाट ३३ लाख ठगी गर्ने थापा पक्राउ « Nagarik Khabar

१५ जनाबाट ३३ लाख ठगी गर्ने थापा पक्राउ



वालिङ । जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न समयमा १५ जनाबाट रकम लिएपछि यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

थापा र उनका श्रीमान् हुमबहादुरले विभिन्न समयमा रकम लिएको र हानी नोक्सानी पुर्याएको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले श्रीमती थापालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार खोजतलास गर्ने क्रममा श्रीमती थापालाई पक्राउ गरी प्रहरीले स्याङ्जा जिल्ला अदालतमा थप अुनसन्धानका लागि सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । थापा दम्पतीले १५ जनाबाट रु थप गरी३३ लाख ३९ हजार ठगी गरेको जाहेरी प्रहरीमा रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: