एकताको सन्देश दिन रावल र भट्ट सुदुरपश्चिममा « Nagarik Khabar

एकताको सन्देश दिन रावल र भट्ट सुदुरपश्चिममा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला तहको एकता प्रकृया टुगिएपछि केन्द्रीय नेताहरुको प्रदेश तथा जिल्ला दौडधुप शुरु भएको छ ।
पार्टी एकता भएको सन्देश दिन केन्द्रीय नेताहरु धमाधम जिल्ला जान थालेका छन् । यसक्रममा सुदुरपश्चिम प्रदशेका जिल्लाहरुको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन पार्टीका स्थायी कमिटी सदस्यद्धय भीम रावल, लेखराज भट्ट, आज कैलालीको धनगढी गएका छन् । उनीहरु भोली अर्थात आइतबार कैलालीको कार्यक्रम सहभागी हुनेछन । आइतबार कैलाली जिल्ला कमिटीमा मनोनयन भएका पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रम रहेको छ । सुदुरपश्चिम प्रदेशका सबै जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम सिध्याएर नेता रावल र भट्ट १९ गते काठमाडौं आउने छन् ।
नेताद्धय रावल र भट्टको साथमा सो प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्ट र पर्यटन राज्यमंत्री प्रकाश रावल पनि आजै धनगढी फर्केका छन् । अन्तर प्रदेश बैठकमा सहभागी हुने आएका मूख्यमन्त्री भट्ट शुक्रबार राती अबेर बैठक सिध्याएर आजै फर्केका हुन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: