नेपालमा पार्किन्सन्स रोगका बिरामी बढे (भिडियो सहित ) « Nagarik Khabar

नेपालमा पार्किन्सन्स रोगका बिरामी बढे (भिडियो सहित )



काठमाडौं । पार्किन्सन्स रोग बारे हामी धेरैलाई जानकारी नहुँन सक्छ । बदलिदो जीवन शैलीसंगै यो रोगका बिरामी बढ्दै गएका छन् । सुरुमा लक्षण थाहा नहुने यो रोग बारे जनचेतना अभियानको पनि कमि छ ।

यो रोग ६० वर्ष उमेर माथिका व्यक्तिलाई लाग्ने भनिए पनि कम उमेरका मानिसहरुलाई पनि रोग देखा पर्न थालेको छ । शनिवार काठमाडौँमा पार्किन्सन्स रोगबारे जनचेतना जगाउन एक दौडको आयोजना गरियो ।

पार्किन्सन्स सपोर्ट फाउन्डेसन, रोटरी क्लब र मेडिसिटि अस्पतालले संयुक्त रुपमा गरेको दौडमा पार्किन्सन्स रोग लागेकाहरु पनि दौंडिएका थिए । दौडमा सहभागी भएका पार्किन्सन्स रोग विशेषज्ञ डा. बाबुराम पोखरेलले सुरुमा रोगको लक्षण थाहा पाउन कठिन भए पनि रोगको सबै प्रकारको उपचार नेपालमा सम्भव रहेको जानकारी दिए ।
पछिल्लो समय नेपालमा यस रोगका बिरामी बढेको मेडिसिटी अस्पतालमा पार्किन्सन्स रोग विशेषज्ञका रुपमा कार्यरत डा पोख्रेलले आम नागरिक यस रोगका बारेमा जानकारी बिहिन भएको बताए ।

दौडमा सहभागी गायक तथा संगीतकर्मी यमन श्रेष्ठ (बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका छोरा)ले परिवारमा हौशला र माया भए पार्किन्सन्स रोगीका,े रोग सँग लड्न सक्ने क्षमता बढ्ने र निको हुदै जाने बताए ।

विश्वमा पर्किन्सन्स रोग कूल जनसंख्याको एक प्रतिशतलाई रहेको अनुमान छ । नेपाल सरकारले यो रोग लागेका बिरामीलाई उपचारमा सहयोग भन्दै रु एकलाख उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: