सप्तरीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु « Nagarik Khabar

सप्तरीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु



काठमाडौँ । सप्तरीका विभिन्न ठाउँमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिवार भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो ।

सप्तरीको कन्चनरुप नगरपालिका–९ मा को१ख ४१२३ नंको ट्रकलाई ना५ख ७९३७ नंको बसले पछाडिबाट ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको थियो । बसले नजिकैको छाप्रोमा रहेको चिया पसलमा ठोक्किँदा चिया पिउन बसिरहेका कञ्चनरुप नगरपालिका–८ बस्ने ६५ वर्षीय देवनारायण महतोको मृत्यु भएको हो ।
चिया पसलमा बसिरहेका अरू आठ जना घाइते भएका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जनाए । घाइतेको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सप्तरीको खड्क नगरपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइलले पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ७० वर्षीय छुतहरु दासको मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–३ स्थित पोर्ताहामा पनि मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । को१ज ३५६२ नंको गाडीले को१५प ५५४५ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका–३ पोर्ताह बस्ने २२ वर्षीय शङ्कर पघैया यादवको मृत्यु भएको जिल्ला प्रहर कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: