बाग्लुङ्गमा ढुङ्गाले लागेर वृद्धको मृत्यु « Nagarik Khabar

बाग्लुङ्गमा ढुङ्गाले लागेर वृद्धको मृत्यु



बाग्लुङ्ग । बागलुङको निसीखोला गाउँपालिका–२ बायाखोलामा ढुंगाले लागेर एक वृद्धको मृत्यु भएको छ । घर नजिकैको बासघारीमा बाँस काट्ने क्रममा ६५ वर्षका बुद्धबहादुर कार्की अचानक माथिबाट आएको ढुङ्गाले लागेर गम्भीर घाइते भएका थिए ।
घाइते कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । कार्की घर नजिकैको बाँसघारीमा बास काट्न शुक्रवार बेलुकी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: