श्रीलंकामा फेरि आत्मघाती बिस्फोटः कम्तिमा १५ जनाको मृत्यु « Nagarik Khabar

श्रीलंकामा फेरि आत्मघाती बिस्फोटः कम्तिमा १५ जनाको मृत्यु



एजेन्सी । श्रीलंकामा फेरि आत्मघाती बिस्फोट भएको छ । घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । श्रृखंलावद्ध बम बिस्फोट भएपछि सुरक्षाकर्मीले आक्रमणकारीको खोजी तिब्र पारेका थिए । त्यही क्रममा फेरि बिस्फोट भएको र घटनामा संलग्न ४ सहित १५ जना मारिएका सुरक्षा अधिकारीको दावी छ ।
सुरक्षाकर्मीले खोजतलास जारी राखेकै समयमा आक्रमणकारीले आफूलाईनै बिस्फोट गराएको श्रीलंकाली सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले ६ बालबालिका, तीन महिला समेतगरी १५ शव बरामद गरेको जनाएको छ । केही घाईतेको उपचार भैरहेको छ ।
श्रीलंकाको ईस्टरमा अप्रिल २१मा बिस्फोट भएपछि लगातार जसो बिस्फोटका घटना भेरहेका छन् । आइएससंग सम्बन्ध भएको बिद्रोही समूह नेशनल तौहीद जमात एनटीजेको आक्रमणमा परेर झण्डै ३ सय जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: