सरकारले परिवर्तनमुखी काम अघि बढाएको छः स्वास्थ्यमन्त्री यादव « Nagarik Khabar

सरकारले परिवर्तनमुखी काम अघि बढाएको छः स्वास्थ्यमन्त्री यादव



काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ समृद्ध नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को अविधेशनको शुक्रबार सिरहाको लहानमा उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले मुलुकको विकास र समृद्धिको प्रमुख आधार क्षेत्र नै प्रदेश नं २ भएकाले यहाँको विकास नभएसम्म मुलुकको विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए ।

  ‘सरकारले हरेक क्षेत्रमा देखिने गरी परिवर्तनका काम अघि बढाएको छ’, उनले भने ।

मुलुकको आमूल परिवर्तनमा यो प्रदेशले अहम भूमिका खेलेको चर्चा गर्दे सङ्घीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले सरकारले हरेक क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम अघि बढाएको दावी गरे । ‘सरकारले हरेक क्षेत्रमा देखिने गरी परिवर्तनका काम अघि बढाएको छ’, उनले भने ।
प्र्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान प्रदत प्रदेश सरकारको अधिकार कटौती गर्ने प्रयास भएको भन्दै प्रदेश सरकारलाई अधिकार सम्पन्न नबनाएसम्म यस क्षेत्रको विकास हुन नसक्ने बताए । संघीय समाजवादी फोरमको अधिवेशन आज सकिनेछ । राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: