मानवीय कारणले नै अघिल्लो वर्ष भन्दा बढी वर्षा ! (भिडियो सहित) « Nagarik Khabar

मानवीय कारणले नै अघिल्लो वर्ष भन्दा बढी वर्षा ! (भिडियो सहित)



काठमाडौँ । नेपालमा प्रिमनसुनको समय सुरु भएको छ । तर केही महिना देखिनै औसत भन्दा धेरै पानी परेको छ । नेपालमा सामान्यतया जुन १० मा मनसुन सुरु हुने र सेप्टेम्बर २३ मा सकिने गर्छ । सन् २०९० सम्ममा विश्वको तापक्रम ४ डिग्री बढ्ने वैज्ञानिकहरूको प्रक्षेपणले हरेक वर्ष वातावरणीय असर परिरहेको कुरा पुष्टि हुन्छ ।

सन् १९९६ देखि मनसुनी समय बिस्तारै ढिलो सुरु भएर ढिलो अन्त्य हुने गरे पनि अघिल्लो वर्ष समयमै मनसुन सुरु भएको थियो । नेपालमा मनसुनी वर्षा १ सय ५ दिन हुने अनुमान महाशाखाले गर्दै आएको छ । यस पटक भने पश्चिमी वायुको असरले हिउँदमा समेत औसत भन्दा धेरै पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागले मानवीय कारण लेनै औसत भन्दा धेरै पानी परेको जनाएको छ । यस वर्ष मार्च र अप्रिल महिनामा सामान्य भन्दा बढी पानी परेको छ । महाशाखा अनुसार मार्च ३४ मिलिमिटर वर्षा हुनुपर्नेमा४४ मिलिमिटर वर्षा भएको छ । अप्रिलमा ६१ मिलिमिटर अनुमान गरेकोमा ९६ मिलिमिटर वर्षा मापन गरिएको छ । जुन विगतको तुलनामा बढी हो ।

मौसमविद्ले भने मानवीय गतिविधिकै कारण वातावरणमा परेको असरले वर्षा असामान्य भएको जनाएका छन् । मानवीय कारणले औसत भन्दा बढी वर्षा कसरी ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद् सुजन सुवेदी (भिडियो)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: