एडीबीको सहयोगमा निर्माणाधिन विद्यालय भवनमा लापर्वाही ! (भिडियो) « Nagarik Khabar

एडीबीको सहयोगमा निर्माणाधिन विद्यालय भवनमा लापर्वाही ! (भिडियो)



सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ३ र ७ मा बन्दै गरेको दुई विद्यालय भवन लापर्वाहीपूर्ण देखिएको छ । गोलञ्जोर गाउँपाकिालले प्राविधिक टोलीसहितको अनुमगनका क्रममा लापर्वाहीपूर्ण पाएको भन्दै निर्माण कार्य रोक्न पत्राचार गरिएको छ ।

गोलञ्जोर गाउँपालिकाको वडा नं. ३ स्थित कौशिका मावि र वडा नं. ७ स्थित जनज्योति माविको भवन निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)ले सहयोग गरेको हो । सो भवन निर्माणका लागि राष्टिय स्तरमै बोलपत्र आव्हान गरिएको थियो । सो आव्हानअनुसार ठेकेदार कम्पनी लुम्बिनी खानी जेभीले ठेक्का पाएको थियो ।

भवन निर्माण भइरहेको र सो भवनको निर्माण कार्यबारे अनुगमन गर्ने क्रममा ती दुवै विद्यालयको निर्माणाधिन भवनमा लापर्वाही भएको पाइएको गाउँपालिका अध्यक्ष पुष्प कार्कीले बताउनुभयो ।

1234

भवन निर्माणमा कम गुणस्तरका सामग्रीको प्रयोग भएको पाइएकोले निर्माण भइसकेका भवनसमेत भत्काई पुनर्निमाण गर्न ठेकेदार कम्पनीलाई भनिएको थियो । तर, अटेर गरेपछि गाउँपालिकाले एडीबीमै पत्राचार गरेको छ ।

विद्यालय जस्तो संवेदनशील भवन निर्माणमा लापर्वाही देखिएपछि प्राविधिक टोलीसहित आफूहरुले अनुगमन गरिएको र त्रुटीपूर्ण भेटिएपछि प्रतिवेदनसहित एडीबीलाई पत्राचार गरेको कार्कीले बताउनुभयो ।

प्राविधिक टोलीले गत चैत १२ मा प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनका आधारमा गाउँपालिकाले भवन निर्माण सुधारका लागि निर्माण भइरहेको भवनमै सूचना टाँसेको थियो । ठेकेदार कम्पनीले भने अटेर गरी कम गुणस्तरीय सामान प्रयोग गरेर आज (शनिवार) बिहान मात्र एक तला ढलान गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

तीन तले भवन निर्माणको सुरुवातमा नै त्रुटी देखिएपछि सचेत गराउँदा पनि अटेर गरेको उहाँले बताउनुभयो । यसबारे निर्माण कम्पनीसँग बुझ्न खोज्दा कोही सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: