खुलामञ्चमा चल्यो डोजर (फोटो सहित ) « Nagarik Khabar

खुलामञ्चमा चल्यो डोजर (फोटो सहित )



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले खुल्ला मञ्चका भौतिक संरचना हटाउन शुरु गरेको छ । शनिवार डोजरको प्रयोग गरेर अवैध संरचना हटाउन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासनले खुल्ला मञ्चमा भएका अवैध संरचना हटाउन डोजर चलाएको हो ।

गृह मन्त्री रामबहादुर थापा बादलका सल्लाहकार सूर्य सुवेदी पथिकले सबैको प्रेरणा, सहयोग र समर्थनबाट खुल्लामंचका अबैध संरचना काठमाडौं जिल्ला प्रशासनको अगुवाईमा आजदेखि पूर्णरुपमा हटाउने काम भएको जनाएका छन् ।
तस्वीर: सूर्य सुवेदी पथिकको फेसबुकबाट साभार

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: