कांग्रेसको जागरण अभियान वैशाख २५देखि शुरु हुने « Nagarik Khabar

कांग्रेसको जागरण अभियान वैशाख २५देखि शुरु हुने



काठमाडौं । नेपाली कांग्रेसले देशव्यापी रुपमा आयोजना गरेको जागरण अभियान वैशाख २५ गतेबाट शुरु हुने भएको छ । पूर्व कोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्रकारको निधन भएका कारण कांग्रेसको जागरण अभियान वैशाख २५मा सारिएको हो ।

ताम्रकारको निधनपछि बसेको केन्द्रीय कार्य समितिले दुई हप्ता पछि सारेको थियो । कांग्रेसले २०७६ साल भरीनै तीन चरणमा जागरण अभियान सञ्चालन गर्ने र पहिलो चरणको अभियान वैशाख ११ गतेदेखि सुरु गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: