साविक विजेता नेपाल फाइनलमा « Nagarik Khabar

साविक विजेता नेपाल फाइनलमा



काठमाडौं । साविक विजेता नेपाल इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा हङकङलाई चार विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

नेपालले उपाधिका लागि आइतबार हुने फाइनल खेलमा मलेसियाको सामना गर्ने छ । मलेसिया शनिबार नै भएको अर्काे सेमिफाइनल खेलमा सिंगापुरलाई ५७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

थाईल्यान्डको च्याङ्माई स्थित मैदानमा टस जिती पहिले ब्याटिङ गरेको हङकङलाई नेपालले ३२.२ ओभरमा ८६ रनमै रोकेको थियो । जवाफमा २१.४ ओभरमा ६ विकेट गुमाउँदै नेपालले जिन निश्चित ग¥यो ।

नेपालको जितमा आईश भट्टराईले सर्वाधिक १७ रनको योगदान दिए । यस्तै रोहन दुधराज विकेले १४, दीपक बोहोराले ११ तथा सुवास अयरले १० रन जोड्दा कृष कार्की १२ रनमा अविजित रहे । हङकङलाई सस्तो योगफलमा समेट्न नेपालका निखिलकुमार सिंह एक्लैले चार विकेट लिएका थिए । विशालकुमार पटेल र रमेश कुर्मीले दुई÷दुई विकेट लिए ।

नेपाली खेलाडीको कसिलो बलिङसामु हङकङका लागि आरुष भगतले अविजित ४३ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । हङकङका बाँकी नौं खेलाडीलाई नेपालले दोहोरो अंकमा रन जोड्नु अघि नै पभेलियनतर्फ फर्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: