डोजर चलेपछिको खुलामञ्च (भिडियोसहित) « Nagarik Khabar

डोजर चलेपछिको खुलामञ्च (भिडियोसहित)



काठमाडौं । काठमाडौंको खुल्लामञ्चमा शनिवार जिल्ला प्रशासन कार्यालय काठमाडौंको पहलमा डोजर लगाइएको छ । अवैध रुपमा निर्माण भएका भौतिक संरचना डोजरको प्रयोगबाट हटाइएको हो । अवैध रुपमा खुल्लामञ्च भित्र निर्माण भएका भौतिक संरचना प्रहरी परिचालन गरेर जिल्ला प्रशासन कार्यालयको पहलमा आफूहरुले हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख धनपती सापकोटाले जानकारी दिए ।
प्रशासनले खुल्लामञ्च आसपासको क्षेत्रबाट भित्र प्रवेशमा रोक लगाएर भौतिक संरचना हटाएको थियो । अवैध संरचना हटाउनका लागि बाहिर सुरक्षा कर्मी परिचालन गरेर सर्वसाधारणलाई भित्र प्रवेशमा रोक लगाइएको थियो । पत्रकार र अवैध संरचनामा पसल सञ्चालन गरिरहेका भने भित्र प्रवेश गरिरहेका थिए । व्यवसाय सञ्चालन गरेकाहरुले महानगरले पर्याप्त समय नदिएको गुनासो गरेका छन् ।
व्यवसायी मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सले खुल्लामञ्चमा ४० वटा सटर निर्माण गरेको थियो । महानगरका कर्मचारीको मिलेमतोमा सम्झौता गरेर स्वच्छन्द बिल्डर्सले सटर निर्माण थालेको थियो । भेटवालले भने महानगरसंग सम्झौता गरेरै आफूले काम गरेको दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: