नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम: प्रचण्ड « Nagarik Khabar

नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम: प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेको बताएका छन् । नेपाल भलिबल सङ्घले काठमाडौँमा आजदेखि सुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले खेलकुद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शिर उच्च भएको बताए । केही महिनाअघि विराटनगरमा भएको साफ महिला फुटबल प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शनले त्यो कुरालाई प्रमाणित गरेको उनको भनाई छ ।

स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रचण्डले खेलकुद क्षेत्रमा राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रचण्डले खेलकुद क्षेत्रमा राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो दोस्रो प्रधानमन्त्रीय कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यस पटकको बजेटमा समेत भलिबललाई आवश्यक बजेट छुट्टाउन पहल गर्ने बताए । नेपाल भलिबल सङ्घले यसै वर्ष अन्तर्राष्ट्रिय स्तरको महिला भलिबल आयोजना गर्ने तयारी गरेको छ । त्यसका लागि समेत प्रचण्डले सहयोगको प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: