अस्ट्रेलियाकी क्लेयर पुरुष एकदिवशीय क्रिकेटको पहिलो महिला अम्पायर « Nagarik Khabar

अस्ट्रेलियाकी क्लेयर पुरुष एकदिवशीय क्रिकेटको पहिलो महिला अम्पायर



एजेन्सी । अस्ट्रेलियाकी क्लेयर पोलोसाक पुरुष अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको पहिलो महिला अम्पायर बनेकी छन् । उनले शनिवार नामिबिया र ओमनबिचको खेलमा अम्पायरको भूमिका निर्वाह गरिन ।  
आइसीसी वल्र्ड क्रिकेट लीग डिभिजन टू को फाइनलमा ओमन र नामिबिया भिडेका थिए । ३१ वर्षीया क्लेयरले यसअघि महिला अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट अन्तरगत १५ म्याचमा अम्पायरको भूमिका निर्वाह गरेकी थिइन ।
आइसीसी डिभिजन टू अन्तरगत नामिबिया, ओमन, अमेरिका र पपुवान्यूगिनीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएका छन् । यी चार टोलीले नेपाल सहित स्कटल्याण्ड र संयुक्त अरब इमिरेट्स युएईसंग विश्वकप छनोट खेल्नेछन् । सन् २०१९ देखि २१ सम्म नेपाल सहितका टोलीले आइसीसी क्रिकेट वल्र्डकप लिग टू खेल्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: