खुल्लामञ्च भत्काउँदै गर्दा जे देखियो…. (भिडियो )  « Nagarik Khabar

खुल्लामञ्च भत्काउँदै गर्दा जे देखियो…. (भिडियो ) 



काठमाडौं । जिल्ला प्रशासन कार्यालयको सहयोगमा काठमाडौं महानरपालिकाले खुल्लामञ्चमा रहेका अवैध भौतिक संरचना शनिवार भत्काएको छ । खुलामञ्च अतिक्रमण गरि बनाईएका संरचना भत्काएपछि व्यवसायीले आक्रोस व्यक्त गरे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख रामप्रसाद आचार्य समेतको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएको सटरहरुमा डोजर लगाईएको हो । खुलामञ्च अतिक्रमण गरि सटर निर्माण गरि व्यवसायिक प्रयोजनलाई दिईएको भन्दै व्यापक विरोध भएपछि ती संरचना भत्काईएको हो ।

महानगरपालिका र ठेकेदारको मिलेमतोमा खुलामञ्चमा संरचना निर्माण गरिएको थियो । खुलामञ्चमा निर्माण भएका संरचना भत्काउने कार्यमा उपस्थित काठमाण्डौका प्रमुख जिल्ला अधिकारी आचार्यले महानगरले नै सम्झौता गरेको र महानगरले नै सम्झौता विपरित संरचना निर्माण भएको भन्दै संरचना भत्काउने निर्णय गरेकाले सो निर्णयलाई आफुहरुले सहयोग गरेको बताए ।

व्यवसायीले आफ्नो लगानीको पैसा फिर्ताको सुनिश्चिता गर्न माग गरे । व्यापारीका सामान बाहिर निकालेर सटर भत्काईएको थियो । तर ताल्चा लगाईएका सटरका सामान भने भत्काउने क्रममा यत्रतत्र छरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: