सप्तरी । सरकारी कागजात किर्ते गरी उपभोक्ता समिति गठन गरेको अभियोगमा पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइत पक्राउ परेका छन् । उनलाई सिरहाबाट नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।
प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सप्तरीमा सञ्चालित योजनामध्ये अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते उपभोक्ता समिति गठन भएको थियो ।
गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी सडक निर्माणको उपभोक्ता समिति बनाएको आरोपमा प्रहरीले यसअघि नै पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य बीपी यादव तथा राजपाका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
उक्त घटनामा गोइतको पनि संलग्नता रहेकाले अनुसनधानका लागि पक्राउ गरिएको एसपी विष्टले बताए ।