हैदराबादविरुद्ध राजस्थानको महत्वपूर्ण जित « Nagarik Khabar

हैदराबादविरुद्ध राजस्थानको महत्वपूर्ण जित



जयपुर । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा सनराइजर्स हैदराबादविरुद्ध महत्वपूर्ण जित हात पारेको छ । राजस्थानले हैदराबादलाई सात विकेटले पराजित गरेको हो ।

जितसँगै राजस्थानले ‘प्ले अफ’ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । सवाई मानसिंह स्टेडीयम जयपुरमा टस हारी पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ६० रनको योगफल तय गरेको थियो । एक सय ६१ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.१ ओभरमा मात्रै तीन विकेटको क्षतिमा जित निश्चित गरेको थियो ।

राजस्थानको जितमा सञ्जु साम्सोनले ३२ बलमा अविजित ४८ रनको योगदान दिए । उनले आफ्नो पालीमा एक छक्का र चार चौका प्रहार गरेका थिए । यस्तै लियाम लिभिङस्टोनले २६ बलमा ४४, अजिन्क्या रहाणेले ३४ बलमा ३९ र स्टेभन स्मिथले १६ बलमा २२ रनको महत्वपूर्ण योगदान दिए ।

हैदराबादका लागि भने मनिश पाण्डेले ३६ बलमा ६१ रनको विस्फोटक ब्याटिङ गरे पनि टोलीको जित सम्भव भएन । पाण्डेले आफ्नो पारीमा नौं चौका प्रहार गरेका थिए । प्रारम्भिक ब्याट्सम्यान डेभिट वार्नरले थप ३७, राशिद खानले अविजित १७ र कप्तान केन विलियम्सनले १३ रन जोड्न बाहेक अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् ।

हैदराबादलाई सहज योगफलमा रोक्न राजस्थानका ओशेन थोमस, श्रेयस गोपाल, जयदेव उनाडकट र भरुन आरोनले हैदराबादको समान दुई÷दुई विकेट लिएका थिए । दुई आकर्षक क्याच समेत लिएका उनाडकट म्यान अफ दी म्याच चुनिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: