नेकपाले यसरी मिलाउँदै छ सन्तुलन « Nagarik Khabar

नेकपाले यसरी मिलाउँदै छ सन्तुलन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।

पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका सबै पदाधिकारी, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पनि समेट्न लागेको हो ।

प्रदेश कमिटीका केही सचिवहरू पोलिटब्युरो सूचीबाहिर परेपछि सचिवालयबाटै टुंग्याउन छलफलको तयारी भएको सचिवालयका एक नेताले बताए । वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार चीन भ्रमणबाट स्वदेश फर्किएपछि सोमबारसम्म सचिवालय बैठक बोलाउने तयारी छ ।

पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहेको १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने गरी शीर्ष नेताहरूले कमटीको सूची तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: